सुई दिँदा बच्चालाई राख्नुपर्ने सही आसन

 सुई दिने बेलामा बच्चा एक्कासी चलेमा सुईको कारणबाट हुने चोट पटक लाग्न सक्छ यसलाई रोकथाम गर्न सुई दिनु भन्दा अगाडी बच्चालाई उचित आसनमा राख्नु पर्दछ ।
 आमालाई बस्न लगाउनुहोस् र बच्चालाई उनको काखमा राख्न लगाउनुहोस् ।
 आमाले बच्चाको खुट्टाहरूलाई आफ्नो खुट्टाहरूको बीचमा अड्काएर राख्ने ताकि उनले बच्चाको खुट्टाहरूलाई समाउन सकुन् ।
 स्वास्थ्यकर्मीहरूले बच्चालाई समाउन सक्दैनन् किनभने सुई दिनलाई उनीहरूको दुबै हात खुल्ला हुनुपर्दछ ।
 स्वास्थ्यकर्मी सुई लगाउन तयार भएपछि सुई लगाउनु भन्दा लगत्तै अगाडी आमालाई जानकारी दिनु पर्दछ ।


No comments

Powered by Blogger.