Friday, June 1, 2018

स्वास्थ्य चौकी व्यवस्थापन समिती निर्देशिका

                  जुन वडामा स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन। जननिर्वाचित प्रतिनिधीको नेतृत्वमा बन्ने समिति ७ सदस्यीय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । अन्य सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख, स्थानीय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन् । समितिको सदस्य सचिव भने स्वास्थ्य चौकी प्रमुख हुने मन्त्री स्तरिय निर्णय भएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समिती :
संरक्षक :- गाउँपालिका अध्यक्ष
अध्यक्ष :- वडा अध्यक्ष
उपाअध्यक्ष :- अध्यक्षले मनोनित गरेको व्यक्ति
सदस्य :- स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख/प्र.अ.
सदस्य :- स्थानीय व्यापार संघको प्रतिनिधि १ जना
सदस्य :- संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठित एकजना महिला सहित वडा कार्यालयको अधिकृत
सदस्य सचिब :- स्वास्थ्य चौकी प्रमुख

No comments:

Post a Comment