Monday, June 4, 2018

महिला कर्मचारीलाई ९८ दिन सुत्केरी बिदा

          ब महिलाहरुले सुत्केरी बिदा ९८ दिन पाउने छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका हुन् ।

पुरुषहरुले सुत्केरीको स्याहार  सुसारका लागि १५ दिन बिदा पाउने छन् ।  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा र सुत्केरी स्याहारका लागि पुरूषलाई १५ दिन  तलबसहितको बिदा  प्रस्ताव गरिएको छ ।

भदौ मसान्तसम्म पारित गराउने गरी तयारी पारिएको विधेयकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा र पुरुषलाई सुत्केरी स्याहारको १५ दिन तलबसहितको विदा प्रस्ताव गरिएको छ। ‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ,’ विधेयकमा छ।

[ साभार : न्युज 24 नेपाल ]

No comments:

Post a Comment