Monday, June 5, 2017

भ्याक्सिन भायल मनिटर (Vaccine Vial Monitors - VVM)

       भ्याक्सिन भायल मनिटर - भि.भि.एम. (Vaccine Vial Monitors - VVM) भ्याक्सिन बाहिरी तापक्रमको सम्पर्कमा आएपछि त्यसको कारणले भ्याक्सिन बिग्रेको छ÷छैन भनी देखाउने एउट सूचक (indicator) हो । यो सूचक प्रत्येक भायलमा हुन्छ ।

भ्याक्सिन उत्पादन गर्दा नै भायल वा एम्पुलमा भि.भि.एम.टाँसेर पठाएको हुन्छ । यो भ्याक्सिनको लेबलमा नै छापिएको हुन्छ र भि.भि.एम.लाई मात्र छापेर पनि टाँस्ने गरिन्छ । यो गोलाकारको बीचमा चारकुने आकारको हुन्छ । र भ्याक्सिन तातोमा रह्यो भने क्रमशः उक्त चारकुनेको रङ्ग गाढा हुँदै जान्छ ।

भि.भि.एम.को शुरुको अवस्थामा चारकुने भित्रको रङ्ग सेतो हुन्छ । भ्याक्सिन निश्चित तापक्रम भन्दा बढी तातोमा रह्यो भने चारकुने भित्रको भाग क्रमशः गाढा (कालो हुन्छ । तर यो रङ्ग बाहिरी गोलाकार भित्रको रङ्ग भन्दा कम गाढा हुँदासम्म सो भ्याक्सिन प्रयोग गर्न हुन्छ ।

चारकुने भित्रको रङ्ग बाहिरी गोलकार भित्रको रङ्ग भन्दा कम गाढा भएसम्म भ्याक्सिन प्रयोग गर्ने ।

भि.भि.एम. अवस्थाहरु
भि.भि.एम. अवस्था १
बाहिरी गोलाकार भित्रको रङ्ग भन्दा चारकुने भित्रको रङ्ग सेतो भएको । भ्याक्सिनको म्याद गुजे्रको छैन भने प्रयोग गर्ने ।
भि.भि.एम. अवस्था २
चारकुने भित्रको रङ्ग अझैपनि बाहिरी गोलाकार भित्रको रङ्ग भन्दा कम गाढा भएको । भ्याक्सिनको म्याद गुजे्रको छैन भने प्रयोग गर्ने ।
भि.भि.एम. अवस्था ३
भ्याक्सिन प्रयोग गर्न नहुने अवस्था । चारकुने भित्रको रङ्ग र बाहिरी गोलाकार भित्रको रङ्ग एकैनासको भएको । भ्याक्सिन प्रयोग नगर्ने र सुपरीवेक्षकलाई जानकारी दिने ।
भि.भि.एम. अवस्था ४
भ्याक्सिन प्रयोग गर्न नहुने अवस्था । चारकुने भित्रको रङ्ग बाहिरी गोलाकार भित्रको रङ्ग भन्दा बढी गाढा कालो भएको । भ्याक्सिन प्रयोग नगर्ने र सुपरीवेक्षकलाई जानकारी दिने ।

[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

(C) Devisthan Health Post,2017.

No comments:

Post a Comment