Monday, June 5, 2017

पि.सी.भी खोप (Pneumococcus Conjugated Vaccine - PCV)

परिचय
पि.सी.भी. खोपले न्यूमोनिया रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ ।

बनाबट
पि.सी.भी. खोप न्यूमोकोकस नामक व्याक्टेरियाबाट तयार गरिएको खोप हो । यो तयारी झोलको रुपमा १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।

मात्रा र खोप दिने उमेर
यो खोप ०.५ मि.ली. मात्रा दिइन्छ । यो पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा १४ हप्तामा गरी तीन पटक दिइन्छ ।

खोप दिने तरीका
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई ९० डिग्री को कोण पारी मासुभित्र दिइन्छ ।

दिन नहुने अवस्था 
- अघिल्लो मात्रा दिंदा कडा प्रतिक्रिया भएको अवस्थामा (Anaphylactic Reaction)

[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

Image From : http://2.bp.blogspot.com/

No comments:

Post a Comment