भ्यागुते रोग (Diphtheria)
भ्यागुते रोग कोरिनेव्याक्टेरियम डिप्थेरी (Corynebacterium diphtheriae) भन्ने जिवाणुबाट हुने रोग हो । यस जिवाणुले एक किसिमको विष उत्पादन गर्दछ जसले मानव शरिरको तन्तु तथा अङ्गलाई हानी पुर्याउँछ । एक प्रकारको भ्यागुते रोगले घाँटी तथा टन्सिल (Tonsil) लाई असर गर्दछ भने अर्को प्रकारको भ्यागुते रोगले छालामा घाउ बनाउँदछ ।
सर्ने तरिका
भ्यागुते रोग संक्रमित व्यक्तिसँगको संसर्ग र श्वासप्रश्वासको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ । प्रायःजसो यसले श्वासनलीको माथिल्लो भागमा संक्रमण गरी श्वास फेर्न गाह्रो पारी मृत्यु समेत गराउँदछ ।
चिन्ह र लक्षणहरू
- यो रोगले घाँटी तथा टन्सीलमा संक्रमण गर्दा शुरुमा घाँटी दुख्ने, हल्का ज्वरो आउने र खाना
नरुच्ने जस्ता लक्षणहरू देखापर्दछन् ।
- दुई तीन दिन भित्र घाँटी तथा टन्सील वरिपरि हल्का नीलो–सेतो रङ्गको वा खैरो रङ्गको झिल्ली देखापर्दछ । यो झिल्ली सफ्ट् पेलेटसंग जोडिएको अवस्थामा घाँटीमा हुन्छ र यसबाट रगत बग्न सक्छ ।
- कहिलेकाँहि अति सिकिस्त भ्यागुते रोगमा बिरामीलाई ज्वरो पनि देखापर्दैन तर श्वासनली सुजन भई श्वासप्रश्वासमा अवरोध उत्पन्न हुनसक्छ ।
उपचार
- बच्चालाई भ्यागुते रोग लागेपछि डिप्थेरिया एन्टिटक्सिन र एण्टिवायोटिक्स जस्तैः इरिथ्रोमाइसिन वा पेन्सिलिनबाट उपचार गरिन्छ ।
- यो रोग अरू निरोगी व्यक्तिमा संक्रमण हुनबाट रोक्नका लागि रोगीलाई अलग राख्नुपर्दछ । तर रोगीलाई २ दिनको एण्टिवायोटिक्स उपचार पछि भने अन्य व्यक्तिमा संक्रमण हुनसक्दैन ।
- रोगको पूर्ण निदानको लागि स्वास्थ्यकर्मीले शंकास्पद रोगीहरूको घाँटीबाट लिइएको खकारको जाँच गर्नुपर्दछ तर यसको नतिजा आउनु अगावै उपचार शुरु गर्नुपर्दछ ।
सम्झनुहोस्
१. भ्यागुते रोग एक मानिसबाट अर्को मानिसमा श्वास प्रश्वास प्रक्रियाको समयमा निस्कने छिटा (airborne droplets) बाट फैलिन्छ,
२. घाँटी दुख्ने (Sore Throat), भोक नलाग्ने र मन्द किसिमको ज्वरो आउनु यस रोगका लक्षणहरू हुन्,
३. यो रोग लागेको रोगीले असामान्य मुटुको धड्कन महशुस गर्नुको साथै मुटुको मांशपेशी र भल्भ सुन्निने जस्ता जटिलताका लक्षणहरू महशुस गर्दछन्,
४. भ्यागुते रोग लागेका बालबालिकालाई भ्यागुते रोग बिरुद्धको डिप्थेरिया एन्टिटक्सिन तथा प्रति जैविक औषधिहरू दिनुपर्दछ,
५. यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय समुदायमा यस रोग बिरुद्धको खोप लगाई यसको खोप कभरेज बढाउनु हो ।

No comments