दादुरा (Measles)
१. दादुरा विषाणुद्वारा सर्ने अतिसंक्रामक रोग हो; यसले खोपबाट बचाउन सकिने अन्य रोगहरू भन्दा वढी संख्यामा बालबालिकाको मृत्यु गराउँछ ।
२. यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा हाच्छ्यूँ गर्दा, खोक्दा र विरामीको नजिकको सम्पर्कमा आउँदा सर्छ ।
३. यो रोगको पहिलो चिन्ह कडा ज्वरो आउनु हो जुन १ देखि ७ दिनसम्म रहिरहन्छ र विषाणु (खष्चगक) बाट संक्रमित भई जीउभरि विमिरा देखापर्दछ ।
४. दादुरा भएपछि मृत्यु हुने मुख्य कारण निमोनिया हो ।
५. भिटामिन 'ए' को पूरक मात्रा लगायत दादुरा रोगको उपयुक्त उपचार व्यवस्थापनबाट दादुरा रोगबाट हुने कडा जटिलताबाट जोगाउन सकिन्छ ।
६. दादुरा रोग दादुरा विरुद्धको खोपबाट बचाउन सकिन्छ । नियमित खोप कार्यक्रमको माध्मयबाट कम्तीमा ९० प्रतिशत भन्दा बढी बच्चाहरूले दादुरा खोप पाएको हुनुपर्दछ ।
[ Source : राष्ट्रिय खोप कार्यक्रम व्यवहारिक ज्ञान, WHO/UNICEF/GoN. ]

No comments