कलेजो जोगाउने उपायहरु

                    रीरको आन्तरिक अंगमध्ये कलेजो सबैभन्दा ठूलो अंग हो । पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम यसको हुन्छ । हरेक घरमा एक जना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो । कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजेको प्रमुख सत्रु भनेकै मद्यपान हो । तर, हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ । कतिपय समुदायमा घरमा आफैँ रक्सी बनाउने र खाने चलन छ ।

रक्सीले राम्रो गर्दैन भन्ने पनि थाहा छ अनि उत्पादन पनि गर्दै छौ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन ।
कलेजो (Liver)

कलेजोका रोगका लक्षणहरु 
◆ शरीर पहेँलो हुँदै जाने
◆ आँखा पहेँलो हुँदै जाने
◆ हातखुट्टा सुनिने
◆ माथिल्लो पेटमा समस्या हुने
◆ पेट ढुस्स हुने बान्ता हुने
◆ अस्वाभाविक तौल घट्ने
◆ कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हुँदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ ।

कलेजो जोगाउने उपायहरु
 मदिरापान छाड्ने
♥ पोषणयुक्त खाना खाने
♥ रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परिक्षण गर्ने
♥ कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने

[ साभार : नेपाली हेल्थ - http://www.nepalihealth.com/2017/01/04/14590/ ]

No comments

Powered by Blogger.