Wednesday, October 24, 2018

स्वयंसेविकाको अनुभव ( भावना )

 हिरादेवी फगामी
म.स्वा.स्व.
से.
मालिका गा.पा.-५, म्याग्दी ।

















जन्मनासाथ सबैले वि.सि.जी. लगाउनु
६ महिना  पुगेपछी थप  खाना खुवाउनु

पूरा  हुन्छ  हजुर  जीवनको  लक्ष्य
स्वास्थ्य नै हो मानिसको अध्यक्ष

गर्छु सेवा सकेजती कोही होईन पराई
खोप पूरा गर्नेलाई दिन्छौ हामी बढाई

स्वयंसेविका भन्ने गर्छु खोप लगाउन जाऔ
कोही   आउछु   भनी  ढाँटी  बढाउछन्  भाउँ

गर्भवती र बच्चालाई दिन्छौ धेरै ध्यान
स्वयंमसेविका भएपछी पाएँ मैले ज्ञान

कहिलेकाही दिन्छन् कोही धम्की र दवाव
स्वयंसेविका  भएपछी  भयो  धेरै अनुभव

खोप पूरा गर्नुपर्ने सबै अभिभावकहरुको हात
दायाँ हातमा नागरिकता बायाँ हातमा खोपकार्ड

[ मिति २०७५ असोज ७ गतेको खोप कार्यक्रममा बाचन गरिएको । ]

No comments:

Post a Comment