कडा न्यूमोनिया, न्यूमोनिया र न्यूमोनिया नभएको रूघाखोकी कसरी छुट्याउने ?

कडा न्यूमोनिया वा धेरै कडा रोग
चिन्ह
 सामान्यतया देखिने खतराको कुनै चिन्ह छ भने वा
✘  कोखा हानेको छ वा
✘  शान्त रहेको बच्चामा स्टट्टाइडर सुनिन्छ भने
उपचार
 उपयुक्त एन्टिबायोटिकको पहिलो मात्रा दिनुहोस्
 तुरुन्त उपचार केन्द्रमा प्रेषण गर्नुहोस्
 यो वर्गिकरणको साथै जिब्रो, मुखमा लेउ देखिएमा वा दीर्घ झाडापखाला भएमा वा धेरै कम तौल भएमा एच.आइ.भी.को लेखाजोखा गरी सो अनुसार व्यवस्थापन गर्ने ।

न्यूमोनिया
चिन्ह
✘ छिटो छिटो सास फेरेको छ भने
उपचार
✍ ३ दिनको लागि उपयुक्त एन्टिबायोटिक दिनुहोस्
 सुरक्षित औषधिद्वारा घाँटीको दुखाइ कम पार्नुहोस् र खोकीबाट छुटकारा दिलाउनुहोस् ।
 उपचारकेन्द्रमा कहिले तुरुन्त ल्याउने सल्लाह दिनुहोस् ।
 तेश्रो दिनमा अनुगमन गर्नुहोस् ।

न्यूमोनिया नभएकोः रूघाखोकी
चिन्ह
✘ न्यूमोनिया वा धेरै कडा रोगको चिन्ह छैन भने
उपचार
 ३० दिनभन्दा बढी समयदेखि लगातार खोकी छ भने यसको जाँचको लागि प्रेषण गर्नुहोस् ।
 सुरक्षित औषधिद्वारा घाँटीको दुखाइ कम पार्नुहोस् र खोकीबाट छुटकारा दिलाउनुहोस् ।
 उपचार केन्द्रमा कहिले तुरुन्त ल्याउने सल्लाह दिनुहोस्
 यदि अवस्थामा सुधार नभएमा ५ दिनमा अनुगमनको लागि बोलाउनुहोस्

[ साभार : समुदायमा आधारित वालरोगको एकीकृत ब्यवस्थापन उपचार तालिका पुस्तिका ]

No comments

Powered by Blogger.