Wednesday, May 23, 2018

चार पटकको गर्भ जाँचमा के-के गरिन्छ ?

               र्भावस्था जीवनको एक महत्तवपुर्ण र अत्यन्त ध्यान दिनुपर्ने अवस्था हो । यस बेला ध्यान नदिएमा भावी जन्मने बच्चाको स्वास्थ्य र जीवनमा पनि अनेक असरहरू पर्न सक्छन् भने स्वयम् गर्भवती महिलालाई पनि यसबाट समस्या आउँछ । त्यसैले गर्भवती महिलाहरू र उनका सरोकारवालाहरूले बच्चा नहुन्जेल गर्भावस्थाका विभिन्न नियमहरूको पालना गर्नुपर्छ । गर्भावस्थामा खानपान, आराम, काममा सावधानीजस्ता विभिन्न नियमहरूको पालना गर्नुपर्छ ।

त्यस्तै गर्भवती अवस्थामा ४, ६, ८ र ९ महिना गरि चार पटक गर्भजाँच गराउन अति आवश्यक छ। ति चार पटक जाँच गर्दा के-के गरिन्छ हेरौ :

१. ४ महिनामा :-
- उचाई र तौल, रक्तचाप
- पाठेघरको उचाई
- आईरन र जुकाको औषधी
- रक्त समुह, हेमोग्लोविन
- पोषण शिक्षा
- VDRL/STI टेस्ट
- पिसाबमा अल्बुमिन

२. ६ महिनामा :-
- रक्त अल्पता
- रक्तचाप
- पाठेघरको उचाई
- आमाको तौल
- आईरन चक्की
- टि डी खोप
- पोषण शिक्षा
- सुत्केरी पुर्व तयारी सल्लाह

३. ८ महिनामा :-
- रक्त अल्पता
- टि डी खोप
- पेटको जाँच
- व्यक्तिगत सरसफाई
- मातृ सुरक्षा चक्की दिने
- नाभी मलम दिने
- सुत्केरी पुर्व तयारी सल्लाह

४. ९ महिनामा :-
- पेटको जाँच
- बच्चाको मुटुको गति सुन्ने
- सामान्य प्रसुतीको तयारी


No comments:

Post a Comment