Monday, June 5, 2017

मायाको अँगालोमा राख्दा नवजात शिशु र आमालाई हुने फाईदाहरु

मायाको अँगालो (Kangaroo Mother Care) मा राख्दा नवजात शिशुलाई हुने फाइदाहरु
 यो विधिले नवजात शिशुलाई चौबिसै घण्टा न्यानो राख्छ किनकि आमा नै सर्वोत्तम incubator हुन्
 नवजात शिशुको श्वासप्रश्वास नियमित तथा स्थिर बनाउन सहयोग पु¥याउँदछ ।
 नवजात शिशुको प्रतिरक्षा शक्ति सुधार हुन्छ जसले संक्रमण घटाउँछ ।
 स्वास्थ्य संस्थाबाट छिटो छुट्टि पाउँछ र स्वास्थ्य संस्थाजन्य सम्भावित संक्रमण nosocomial infection बाट जोगिन्छ ।
 चनाखोपन बढ्छ र शान्तसंग सुत्छ ।
 बोद्धिक विकास उच्च हुन्छ ।
 शक्ति संचय हुने भएकोले तौल बढ्ने कार्य छिटो हुन्छ ।
 आमाको संसर्गमा रहिरहने भएकोले स्तनपान प्रबद्र्धन हुन्छ ।

मायाको अँगालोमा राख्दा आमालाई हुने फाइदाहरु
❥ नवजात शिशु स्याहारमा आमा सकृयतापूर्वक लाग्छिन् ।
 आमाको आत्मविश्वास बढ्छ; उनले आनन्दित र शसक्त महशुस गर्छिन् ।
 नवजात शिशु र आमाबीच भावनात्मक सामिप्यता बढ्छ ।
 आफ्नो कोमल नवजात शिशुको स्याहार गर्ने सीप र क्षमता बढेको महसुस गर्दछिन् ।
 मातृ–सन्तुष्टि बढ्छ, आमा तृप्त र तनाव रहित रहन्छिन् ।
 दुग्ध उत्पादन र स्तनपानमा निरन्तरता रहन्छ ।
 अस्पताल बसाई अवधि घट्छ ।
 कम खर्चिलो हुन्छ ।

[ साभार : समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रम, प्रशिक्षण सहयोगी निर्देशिका, तेश्रो संस्करण–२०७०]

Image From : http://www.babycare.onlymyhealth.com

No comments:

Post a Comment