टी.टी./टी.डी. खोप (TT/TD Vaccine)
परिचय
टिटानस टक्साइड (टी.टी./टी.डी.) खोप गर्भवती महिलालाई दिईन्छ । टी.टी. खोपले धनुष्टंकार रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ भने टि.डि खोपले धनुष्टंकार तथा भ्यागुते रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । प्रजनन उमेरका महिलाहरूलाई टिटानस टक्साइड (टि.टि अथवा टि.डि.) भएको खोप दिँदा यसले महिलालाई मात्र धनुष्टंकार रोगबाट सुरक्षा प्रदान नगरी जन्मने बच्चालाई समेत नवजात शिशुमा हुने धनुष्टंकार (Neonatal Tetanus) हुनबाट जोगाउँछ ।
बनावट
यो खोप तयारी अवस्थामै झोलको रुपमा १०/२० मात्राको भायलमा उपलब्ध हुन्छ । यो खोप एक्लै वा विभिन्न प्रकारको मिश्रणमा उपलब्ध हुन्छ । यो खोप एक्लै (टी.टी) वा टी.डी (टिटानस–डिप्थेरीया) को संयुक्त रुपमा उपलब्ध हुन्छ ।
खोपको मात्रा र दिने उमेर
यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ । यो खोप गर्भवती भएको थाहपाउने बितिकै पहिलो मात्रा र त्यसको १ महिनापछि पछि दोस्रो मात्रा गरी दुई पटक दिइन्छ । त्यस पछिका प्रत्येक गर्भावस्थामा एक मात्रा दिइन्छ । तर कहिलेकाँही पहिले गर्भ रहँदा टी.टी. लिएको एकीन नभएमा यस गर्भावस्थामा २ मात्रा नै लिनुपर्दछ ।
खोप दिने तरीका
यो खोप बायाँ पाखुराको माथिल्लो भागमा ९० डिग्री को कोण पारी मासुभित्र दिनुपर्दछ ।
[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

टी.टी./टी.डी. खोप लिएपछि केही महिलाहरुलाई ज्वरो आउन सक्दछ । यसरी आएको ज्वरो सामान्यतया आँफै हराएर जान्छ ।
[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]
Image From : http://sofia.media/images//events/2016/02/11/5070/1455213098_0.jpg |
No comments