दादुरा-रुबेला खोप (Measles-Rubella Vaccine)

परिचय
यो खोपले दादुरा तथा रुबेला रोग बिरुद्ध सुरक्षा प्रदान गर्नुका साथै गर्भावस्थामा रुबेला संक्रमण भएमा कान, आँखा, मुटु र मस्तिष्कमा आघात परी कन्जेनिटल रुबेला सिन्ड्रम हुने सम्भावनालाई समेत जोगाउँछ । दादुरा-रुबेला खोप एउटै भाइलमा पाउडरको रुपमा उपलब्ध छ । यो खोप प्रयोग गर्नु अगाडि प्रत्येक भाइलका लागि खोपसँगै उपलब्ध गराएको घोलकसँग मात्र घोल्नुपर्दछ ।

बनाबट
यो खोप जिवित तर कमजोर पारिएको भाइरस (Live Attenuated Virus) वाट बनाइएको हुन्छ । दादुरा-रुबेला खोप सुख्खा धूलो (फ्रिज ड्राइड पाउडर) रूपमा उपलब्ध हुन्छ । यो १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।

खोप दिने मात्रा र उमेर
यो ०.५ मि.ली. मात्र दिइन्छ । शिशुको उमेर ९ महिनादेखि १ बर्षभित्र एक पटक दिइन्छ ।

खोप दिने तरीका
यो खोप दायाँ तिघ्राको माथिल्लो बाहिरी भाग छाला र मासुको बीचमा दिइन्छ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई ४५ डिग्री कोणमा राखी छाला र मासुको (Subcutaneous) दिनुपर्दछ ।

खोप दिन नहुने अवस्था
- पहिला दादुरा खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा
- गर्भावस्थामा
- एड्सका लक्षण देखा परको
- उच्च ज्वरो आएको भएमा वा सिकिस्त विरामी भएको बेलामा यो खोप दिनु हुदैन । तर विरामी सञ्चो भइसकेपछि यो खोप दिनु हुन्छ ।

खोप लगाएपछि हुनसक्ने असर
- केही बालबालिकामा खोप लगाएको ४–५ घण्टापछि सामान्य ज्वरो आउन सक्छ
- केही बालबालिकामा खोप लगाएको १ हप्तापछि शरीरमा विमिरा देखापर्न सक्छ
- करिब १० लाखमा एक जनालाई Anaphylaxis हुन सक्छ

[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

Image From : https://4.imimg.com/data4/DL/CE/MY-15230041/mr-vac-500x500.jpg

No comments

Powered by Blogger.