पोलियो (Oral Polio Vaccine - OPV)

परिचय
पोलियो खोप पोलियो रोग बिरुद्ध प्रदान गरिन्छ । यो P1, P2 र P3 तीनै किसिमको जीवित भाइरसलाई कमजोर बनाई संयुक्त रुपमा तयार गरिएको खोप हो । यो खोप १० वा २० मात्राको भाइलमा तयारी झोलको रुपमा उपलब्ध हुन्छ ।

बनाबट
नियमित खोप कार्यक्रममा पोलियो खोप tOPV (P1, P2, P3) मिश्रित रुपमा उपलब्ध गराइन्छ । यस्तो खोपलाई Trivalent खोप भनिन्छ ।

खोपको मात्रा र दिने उमेर
यो खोप २ थोपाको मात्रामा पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा १४ हप्ताको उमेरमा गरी तीन पटक मुखबाट दिइन्छ ।

खोप दिने तरीका
यो खोप २ थोपा रुपमा मुखबाट खुवाइन्छ । कहिलेकाँही मुखबाट पोलियो थोपा खुवाउँदा बच्चाले तुरुन्तै वान्ता गर्यो भने खोपले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा शिशुलाई दोहोर्याएर २ थोपा पोलियो खुवाउनुपर्दछ । डिपिटी–हेब बी–हिब दिनुभन्दापहिले पोलियो थोपाखुवाउनुपर्छ।

[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

Image From : http://pamirtimes.net/wp-content/uploads/2017/04/Polio.jpg

No comments

Powered by Blogger.