डि.पी.टी.–हेप बी–हिब (DPT-HepB-Hib)
परिचय
डि.पि.टी.–हेप बी–हिब खोपले भ्यागुते रोग, धनुष्टंकार, लहरे खोकी र हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा टाइप बी रोगहरू बिरुद्ध सुरक्षा प्रदान गर्दछ ।
बनाबट
डि.पि.टि.–हेप बी–हिब (भ्यागुते—लहरेखोकी—धनुष्टंकार—हेपाटाइटिस बी र हेमोफिलस इन्फ्ल्यूएञ्जा बी) Diphtheria र Tetanus को Toxin, Pertusis को जिवाणु, Hepatitis B को Surface Antigen को अंश र Haemophilus Influenza B जिवाणुको अंशबाट तयार गरिएको मिश्रित खोप हो । यो तयारी झोलको रुपमा १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।
मात्रा र खोप दिने उमेर
यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ । यो पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा १४ हप्ताको उमेरमा गरी तीन पटक दिइन्छ ।
खोप दिने तरीका
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई ९० डिग्री को कोण पारी मासुभित्र दिइन्छ ।
दिन नहुने अवस्था
- अघिल्लो मात्रा दिंदा कडा प्रतिक्रिया भएको अवस्थामा (Anaphylactic Reaction)
[ साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]

Image From : www.raisingtwinsblog.files.wordpress.com |
No comments