स्वयंसेविकाको भोगाई : लिलसरा फगामी

- लिलसरा फगामी
महिला स्वास्थ्य स्वयंसेविका
मालिका गाउँपालिका-५, म्याग्दी ।

सर्वप्रथम त सबैलाई नमस्कार !
               मेरो नाम लिलसरा फगामी हो । म म्याग्दी जिल्ला मालिका गा.पा.-५ मा बस्छु । म २०७०-०४-१० गतेदेखी महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरिसहेको छु । म स्वयंसेविका भएर काम गर्दा खुब गर्व लाग्छ । मलाई स्वयंसेविका हुनको लागि उत्प्रेरित गर्ने मालिका गा.पा. ५ का आमा समूह र मेरो श्रीमान हुनुहुन्छ ।
               म महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरेको ५ वर्ष भएछ । काम गर्दै जाँदा दु:ख, कष्ट, विवाद, गुनासो, आरोप, दर, धम्की त आउँछन नै तर यसमा मलाई कुनै गुनासो छैन किनकी यसमा मैले धेरै भन्दा धेरै स्वास्थ्य शिक्षा लिन र अरुलाई दिन पाएकी छु । स्वास्थ्य आमा समुहको बैठकमा परिवार नियोजन, आईरन चक्की, झाडापखाला, पुरक वा थप खाना, बालबालिकाको हेरचाह, गर्भ जाँच, प्रजन्न स्वास्थ्य, कुपोष आदिको शिक्षा लिन र दिन पाएकि छु ।


'स्वयंसेविकाको भोगाई' बाचन गर्दै लिलसरा फगामी


             आज "राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस" दु:ख र सुख साट्ने दिन । आजको दिनलाई म अविस्मरणीय दिन पनि भन्न चाहन्छु किनकी म २०७३ सालमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका छनोट भएकी थिएँ । फेरि मिति २०७३-०९-२३ गते देविस्थान गा.वि.स. बाट पनि सम्मानित भएकी थिए । र मलाई यसमा सहयोग पुर्‍याउने देविस्थान स्वास्थ्य चौकीका कर्मचारीहरु र मेरो लालिगुराँस स्वास्थ्य आमा समुहको ठूलो हात रहेको छ ।

            स्वास्थ्य आमा समुहलाई माया गरेर उकालो-ओरालो, घामपानी नभनी  आमा समुहको बैठकमा उपस्थित जनाईदिनुहुने स्वास्थ्य  आमा समुहका सम्पुर्ण सदस्य ज्युहरु र कर्मचारी ज्युहरुलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु। 

           अन्तमा दु:ख कष्ट जेजती भोग्नुपरे पनि निरन्तरता दिनेछु। मेरो स्वास्थ्य आमा समुह, स्वास्थ्यकर्मी, र मेरो प्यारो श्रीमानले पनि सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु । मैले जानेको कुरा सिकाउने छु । नजानेको कुरा सिक्नेछु । । सबैलाई धेरै-धेरै धन्यवाद दिदै विदा हुन्छ। नमस्कार ।।

[ मिति २०८५ मंसिर १९ गतेका दिन १५ औ "राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस" का दिन स्वयं लिलसरा फगामीबाट बाचन भएको । ]

No comments

Powered by Blogger.