Thursday, September 13, 2018

पहिलो पटक डाटा ईन्ट्री गर्‍यो देविस्थानले

                      मालिका गाउँपालिका ५ मा अवस्थित देविस्थान स्वास्थ्य चौकीले २०७५ भाद्र महिनादेखी अनलाईन एच.एम.आई.एस. डाटा ईन्ट्री गरेको छ। स्वास्थ्य चौकीको अनुरोधमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, एच.एम.आई.एस. शाखा काठमाण्डौको सहयोगमा देविस्थान स्वास्थ्य चौकीको आफ्नै डाटा ईन्ट्री आईडी बनेपछी संस्थाबाटै डाटा ईन्ट्री सम्भव भएको हो । यश अगाडी जिल्ला स्वास्थ्य कार्यालयबाट डाटा ईन्ट्री हुन्थ्यो।

देविस्थानमा विधुत, ईन्टरनेटको सुविधा पर्याप्त नहुनु पनि यो कार्यक्रमको लागि चुनौतीपूर्ण विषय हो तर ईच्छा र चाहाना हुनुपर्छ हरेक कार्य सम्भव छ । स्वास्थ्य संस्था प्रमुख तेजिन्द्र रानाले बुधबार एच.एम.आई.एस. डाटा ईन्ट्री गर्दै यस सफलताबाट आफू एकदमै खुसी रहेको र आगामी दिनहरुमा यो कार्यलाई निरन्तरता दिने जानकारी गराउनु भयो। यति मात्र नभएर देविस्थान स्वास्थ्य चौकी एच.एम.आई.एस. डाटा ईन्ट्री गर्ने म्याग्दीकै पहिलो स्वास्थ्य संस्था बनेको छ। संस्थाले गत बर्षको चैत्र २५ गते संस्थाको अफिसियल मोवाईल एप समेत प्रयोगमा ल्याई सकेको छ।




No comments:

Post a Comment