Thursday, June 8, 2017

थर्मोमिटर (Thermometer) प्रयोगको चरणहरु

१. तापक्रम नाप्नु भन्दा पहिले हात धुने ।
२. काखिमा राख्ने थर्मोमिटर प्रयोग गर्ने ।
३. थर्मोमिटरको मोटोतिरको भागको छेउमा समाति थर्मोमिटरको चम्कने चुच्चो भागलाई साबुन पानिले भिजाएको कपासको डल्लोले पुस्ने ।
४. थर्मोमिटरको मोटो तिरको भागमा समाति झट्कारेर पारोलाई तलको रातो भन्दा तल झार्ने । (कम्तीमा ३५ डिग्री सम्म झार्ने)
५. थर्मोमिटरको चुच्चो धागलाई बच्चाको काखि मुनि च्याप्ने गरी राख्ने ।
६. बच्चाुको पाखुरामा हल्का दबाब दिई समाउने ।
७. थर्मोमिटरलाई काखिमा २ - ५ मिनेट सम्म राख्ने ।
८. काखिबाट निकालेर पारो कहाँ सम्म छ भनि हेर्ने ।
९. पारो यदी तल्लो रातो घेरा भन्दा तल छ भने शिताङ्ग छ ।
१०. पारो यदी माथिल्लो रातो घेरा भन्दा माथि छ भने ज्वरो छ ।
११. नोटमा तापक्रम रेकर्ड गर्ने ।
१२. थर्मोमिटरको चम्कने चुच्चोलाई साबुन पानि युक्त कपासले पछेर सफा गर्ने ।
१३. थर्मोमिटरलाई सुरछित साथ खोल भित्र राख्ने ।

[ साभार : समुदायमा आधारित वालरोगको एकीकृत व्यवस्थापन सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको लागि (पदनाम अ.हे.व./अ.न.मी./ग्रा.स्वा.का./मा.शि.का.स्तर) प्रशिक्षकहरुको लागि निर्देशिका, २०६९ ]

Image From: http://www.yms.co.za/

No comments:

Post a Comment