Saturday, June 10, 2017

बि.सि.जि. खोप दिने तरिका

                  बि.सि.जि. (BCG) खोप दाहिने पाखुराको माथिल्लो भागको छालामा दिइने खोप हो । यसको मात्रा एकदमै थोरै हुने हुँदा यो खोप दिनकोलागि विशेष खालको सानो ए.डि. सिरिञ्जको आवश्यकता पर्दछ । यो खोप छाला भित्र (intradarmal) दिइन्छ । छालामा दिनु पर्ने भएकोले छोटो र मसिनो सियोको आवश्यक पर्दछ (१० एम एम, २६ गेज) ।

खोप दिने तरिका
१. अभिभावकलाई शिशुको दाहिने पाखुराको कपडा खोलेर टाउको र पाखुरा आफ्नो जिउमा टाँसिने गरी काखमा सजिलो पारी समाउन भन्नुहोस् ।
२. तपाँईको धरै चल्ने हातले सिरिन्जको लेबल माथि पर्ने गरी समाउंनुहोस् ।
३. तपाँईंको अर्को हातको बूढीऔला र चोरऔंलाले शिशुको दाहिने पाखुराको माथिल्लो भागको छाला तन्काउनुहोस् ।
४. शिशुको छालाको सतह संग मिल्ने गरी सिरिञ्ज निडिल समाउनुहोस् (१५ डिग्रीको कोणमा)
५. सियोको टुप्पो मात्र छाला भित्र पर्ने गरी घुसाउनुहोस् ।
६. सियोको प्वाल माथि फर्केको हुनु पर्दछ ।
७. सियोको टुप्पो धेरै नघुसाउनुहोस् । धेरै घुस्यो भने छालामा नभै छाला र मासुको बिचमा वा मासुमा पुग्नसक्छ ।
८. सियोलाई ठीक ठाउँमा राख्नको लागि तपाँईको अर्को हातको बूढीऔंलाले सिरिञ्जको तल्लो भाग समाउनुहोस् तर सियो नछुनुहोस् ।
९. सिरिञ्जको माथिल्लोभाग तपाँईको चालुहातको चोरऔंला र माझिऔंलाले समाती बुढीऔंलाले प्लञ्जर टप धकेल्नुहोस् ।
१०. अन्तमा ०.०५ एम.एल. खोप भित्र पठाई सियो हटाउनुहोस् ।


यदि तपाँईले बि.सि.जि. ठीक तबरबाट दिनुभएको छ भने खोप दिएको ठाउँ हल्का उठेको हुन्छ । उठेको भाग हल्का पहेंलो रङ्गको देखिन्छ ।

नोट : छालामा (इन्ट्राडरमल) ठीक तवरबाट खोप दिंदा प्लञ्जर टप धकेल्न गाह्रो हुन्छ । यदि खोप सजिलैसंग भित्र गयो भने त्यो खोप छालामा नगएर अन्यत्र गएछ भन्ने बुझ्नु पर्दछ र फेरी सियो ठीक ठाउँमा राखी खोप दिनु पर्दछ । यदि सम्पूर्ण खोप छाला मुनि गैहाल्यो भने उक्त शिशुलाई खोप पाएको बच्चाको रुपमा गणना गर्नुहोस् तर फेरि दोह¥याएर खोप नदिनुहोस् । शिशुलाई कुनै अवान्छित घटना जस्तै पिलो भएमा वा ग्रन्थिहरू बढेमा शिशुलाई नजिकको स्वास्थ्य संस्थामा लैजान अभिभावकलाई सम्झाउनुहोस् ।

[ साभार : राष्ट्रिय खोप कार्यक्रम व्यवहारिक ज्ञान, २०७० ]

Image From : http://cached.imagescaler.hbpl.co.uk/

No comments:

Post a Comment