बिसीजी (BCG) खोप

परिचय
बि.सि.जी. खोपले बच्चाहरूलाई क्षयरोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । वि.सि.जी. को पूरा अर्थ व्यासिलस
क्यालमेट ग्यूरिन (Bacillus Calmette–Guérin) हो ।

बनाबट
यो खोप कमजोर पारिएको जिवित जिवाणु (Live Attenuated) वाट बनाइएको हुन्छ । बि.सि.जि.
खोप सुख्खा धूलो (फ्रिज ड्राइड पाउडर) रूपमा उपलब्ध हुन्छ । यो २० मात्राको भाइलमा उपलब्ध
हुन्छ ।

मात्रा र खोप दिने उमेर
यो ०.०५ मि.ली. बच्चा जन्मनेवित्तिकै देखि एकबर्षको उमेरभित्र एक पटक दिइन्छ ।

खोप दिने तरीका
यो खोप दायाँ पाखुराको माथिल्लो बाहिरी भाग छालामा दिइन्छ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई १५० कोणमा राखी छालामा दिनुपर्दछ ।

खोप दिन नहुने अवस्थाहरु
- एच.आई.भी. संक्रमित शिशुहरु
- सिकिस्त विरामी (तर निको भइसकेपछि दिनुपर्दछ),
- कडा कुपोषण (तर पोषणको अवस्थामा सुधार आइसकेपछि दिन सकिन्छ)

साभार : खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका, २०७० ]


No comments

Powered by Blogger.